एनआरएनए, महिला फोरमद्धारा स्वास्थ्य शिविर सञ्चालन

 

काठमाडौं, फागुन २०-

गैरआवासीय नेपाली संघ(एनआरएनए), महिला फोरमको आयोजनामा अछाम जिल्लाको मंगलसेनमा आङ खस्ने समस्या भएका महिलाहरुको लागि छैठौं निःशुल्क स्वास्थ्य शिविर पहिलो नाक कान घाटी स्वास्थ्य शिविर सञ्चालन भएको महिला शिविरमा पाठेघर समस्या भएका सयजना भन्दा बढी महिलाहरुले जाँच गराएका थिए यसैगरी नाक, कान घाँटी सम्वन्धि शिविरमा सयजना भन्दा धेरै महिला, पुरुष बालबालिकाहरुले स्वास्थ्य जाँच गराए

शिविर उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख आतिथि मंगलसेन नगरपालिकाका उपमेयर सिरता उपाध्यायले यस प्रकारको स्वास्थ्य शिविर संचालन गरेकोमा एनआरएनए, महिला फोरमलालाई  धन्यवाद प्रकट गरिन् कार्यक्रममा विभिन्न वक्ताहरुले जनचेताना मुलक शिविर सञ्चालन गरेकोमा महिला फोरमको प्रशंसा गरेका थिए  

 

कार्यक्रमका सभापति महिला फोरमका संयोजक रजनी प्रधानले महिला फोरमका गतिविधिहरुका बारे जानकारी दिनुका साथै शिविरमा संलग्न चिकित्सकहरु, मंगलसेन अस्पतालका अध्यक्ष लगायत स्वास्थ्य कर्मीहरु मंगलसेनमा भएका सरोकारवाला संघ संस्थाहरुको सहयोग प्रति हार्दिक आभार प्रकट गरिन्

पाठेघर समस्या भएका महिलाहरुका लागि नवजीवन अस्पातालका चिकित्सिक डा. जयराम केसीका साथै उनीसँग गएको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए यसरी नै नाक कान घाटी समस्या भएका विरामीहरुका लागि वीर अस्पताल तथा काठमाडौ अस्पतालका नाक कान घाटिका विशेषज्ञ डा. जयन्द्र प्रधानाङ्ग उनको टोलीले परिक्षण गरेका थिए

यो पनि पढ्नुहोस् कुवेत हुँदै साउदी जान्छु भनेकी कमला बर्षौंदेखि बेपत्ता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय