ठगि अभियोगमा नेपाल जव प्लेसमेण्टका सञ्चालक सहित तीनजना पक्राउ

 

काठमाडौं, फागुन १८-

रोजगारीका लागि अष्ट्रेलिया पठाइदिने भन्दै जनाबाट ६१ लाख ठगेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको पक्राउ पर्नेहरुमा नेपाल जव प्लेसमेण्ट नामको मेनपावर कम्पनीका सञ्चालक रोशन कार्कीसँगै एजेन्टका रुपमा सघाउने पुजा प्याकुरेल भुजेल तथा उनका श्रीमान शक्ति भुजेल छन्

फुड प्याकको काममा पठाउने भन्दै कार्की लगायतले आफूहरुसँग रकम उठाएको दिल्लीसम्म पुर्याएर अलपत्र पारेको भन्दै पीडितहरुले नेपाल फर्केर प्रहरीमा उजुरी गरेका थिए कार्की मार्फत मोरङका पुजा प्याकुरेल भुजेल, सन्तोष श्रेष्ठ हुँदै उनीहरु भारत पुगेका थिए भारतको दिल्लीस्थीत एक होटलमा एक महिना बस्दा समेत भिषा नआएपछि आफूहरु ठगिमा परेको निश्कर्ष सहित पीडितहरु घर फर्केका थिए

ठगिमा पर्नेहरुमा पवन भण्डारी, मिङमार शेर्पा, रविन्द्र श्रेष्ठ, राजकुमार मगर, सन्दिप गुरुङ, कुमार मगर ज्ञानकुमार लामा रहेका छन् उनीहरुबाट पटक पटक गरी ६१ लाख ठगेको प्रहरीले जनाएको पक्राउ परेकाहरुलाई प्रहरीले ठगि बैंकिङ कसुर मुद्धामा अनुसन्धान गरिरहेको जनाएको

यो पनि पढ्नुहोस् युएई जान खर्च बढ्यो, दुःख पनि थपियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय