घट्नेभयो कोरियामा कमाई

सोल, फागुन १७—

दक्षिण कोरियामा स्वदेशी तथा विदेशी कामदारको अतिरिक्त कार्य गर्ने समय (ओटी) घट्ने भएको छ । नयाँ नियमअनुसार हप्तामा १२ घण्टामात्रै अतिरिक्त काम गर्न पाउने भएका छन् । हाल कामदारले हप्तामा २८ घण्टा अतिरिक्त काम गर्दै आएका छन् ।

अब सातामा कामदारको बेसिक कार्यावधि ४० घण्टा र अतिरिक्त कार्यावधि १२ घण्टा गरी जम्मा ५२ घण्टा काम गर्न पाउने छन् । अहिले एक हप्ताको कार्यावधि बेसिक ४० घण्टा र अतिरिक्त २८ घण्टा गरी ६८ घण्टा रहेको छ ।

श्रम तथा वातावरण मन्त्रालयले मंगलबार राष्ट्रिय सभाबाट परिवर्तित नियमको विधेय पारित गरेपछि यो नयाँ नियम बनेको हो । कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय