
काठमाडौं, फागुन १६-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ४८ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ६४ पैसा छ । केहि महिनायता बृद्धिभएको रिंगिटको मूल्य केहि दिनयता स्थीर छ । दुई बर्षभन्दा लामो समयसम्म कमजोर रहेको रिंगिटको मूल्य विगत झण्डै दुई महिनायता बृद्धि भइरहेको छ । यसले मलेसियामा कार्यरत नेपालीलाई फाइदा भएको छ ।
यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ४३ पैसा र विक्रि दर २८ रुपैंयाँ ५९ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ १८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३४ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ६० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७६ पैसा छ ।
कुवेती दिनारको खरिददर ३४५ रुपैंया १२ पैसा छ भनें विक्रि दर ३४७ रुपैंयाँ १२ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ५४ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ १३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् ‘मेरो बाबा काका जस्तै हुनुहुन्छ हो ममी ?‘