श्रम स्वीकृति सकियो ? अझै पनि विदेशमै हुनुहुन्छ ?

रञ्जना लम्साल-

नवलपरासीका खुईत प्रसाद महतोले लामो समय साउदी अरवमा विताए दुई बर्षे जागिरे अवधि सिध्याउँदै नेपाल आएर फर्किने गरेको पनि तीन पटक भइसकेको थियो चौथोपटक गएको २७ महिना भएको थियो अब अर्को महिना घर फर्किन्छु भनेर घरमा खवर गरेका उनी अकस्मात छाती दुख्यो भन्दै साथीको काखमा ढले कहिल्यै नउठ्ने गरि बिदा भए

घटना भएको दुई बर्ष भयो श्रीमानको मृत्यु भएपछि श्रीमती लालकुमारीलाई छोराछोरी पढाउन घर खर्च चलाउन धौ धौ परेको श्रम अवधी भन्दा महिना बढि बसेकाले उनका परिवारले कुनै सहयोग पाएन शव महिनामा घर आइपुग्यो तर प्रवद्र्धन वोर्डबाट परिवारले कुनै आर्थिक सहयोग पायो बिमा कम्पनीबाट नै केहि पाए साउदीस्थीत कम्पनीबाट पनि खुईतका परिवारले कुनै सहायता पाएनन्

छोरा एसएलसी पास भए तर बाबुको मृत्यु पछि कमाउने कोहि नभएकाले उनले पढाई छोडे छोरी पढ्न चाहन्छिन् तर उसलाई कसरी पढाउने भन्ने चिन्ता आमा लालकुमारीलाई छोरीको पढाई खर्चका लागि सहयोग माग्न बिभिन्न ठाउँमा धाएकी लालकुमारीले भनिन विदेशको ठाउँबाट भन्ने वित्तिकै नेपाल आउन कम्पनीले दिएन, मृत्यु भएपछि हामीलाई सरकारले हेरेन, हामी अन्यायमा पर्यौं

ईन्दु मगरको समस्या पनि यस्तै उनका श्रीमान खेम बहादुर मगर रोजगारीका लागि मलेसिया गएका थिए करार अवधि सकिएको महिनापछि उनको मृत्यु भयो श्रम स्वीकृतिको अवधि सकिएको भन्दै राहत केहि पाएन परिवारले पढ्ने उमेरका सन्तान छन् बिदेशमा श्रीमान्को मृत्यु भएपछि ईन्दुले ज्याला मजदुरी गरेर उनीहरुलाई पढाईरहेकी छन् दैनिक ज्याला मजदुरीले चलेको परिवारलाई खानलाउन नै धौ धौ परिरहेको अवस्थामा उनीहरुलाई कहिलेसम्म पढाउन सकिन्छ भन्ने यकिन छैन आमा ईन्दुलाई

श्यान बहादुर रानाको परिवारको कथा पनि यी भन्दा फरक छैन रोजगारीका लागि मलेसिया पुगेका श्यानबहादुरले भने अनुसारको काम तलव पाएनन् उनी घर फर्किन चाहन्थे तर कम्पनीले रोजगार करार सम्झौता नसिकएसम्म फर्किन दिएन करार अवधि सकेर घर फर्किन तयार थिए उनी तर फर्किने चाँजोपाँजो मिलाउँदै गरेको अवस्थामा करार अवधी सकिएको ४० दिन पछि मलेसियामा नै उनको मृत्यु भयो

घरमा तीनजना छोराछोरी पढ्ने उमेरका छन् तर उनका छोराछोरी पनि नेपाल सरकारको छात्रबृत्तिबाट बञ्चित भए परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनका छोराछोरीको शिक्षा धरापमा

यी केहि यस्ता उदाहरणहरु हुन् जसमा परिवारले दोहोरो समस्या झेलिरहेको एकातिर कमाउने उमेरको परिवारको एउटा अभिभावक गुमाउनु परेको भनें अर्कातर्फ आर्थिक सहायताबाट समेत वञ्चित हुनु परेको यसले ति परिवारका बालबालिकालाई पढाई सुचारु गर्नसमेत मुस्किल परिरहेको  

सरकारले हाल वैदेशिक रोजगारीमा गएर मृत्यु भएका पुर्ण अंगभंग भएका कामदारका छोराछोरीलाई छात्रबृत्ति दिईरहेको अझ एसईई उत्तिर्ण गरिसकेकाहरुका लागि प्राविधिक शिक्षाको लागि पनि छात्रबृत्ति उपलब्ध गराई रहेको तर खुईत प्रसाद, खेम बहादुर, श्यान बाहादुर जस्ता कामदारका परिवार यो सुविधाबाट वञ्चित छन् कोहि रहरले पनि श्रम अवधिभन्दा बढी समय बसेका हुनसक्छन् तर बहुसंख्यक भनें विदेशमा बाध्यताले नै करार अवधिभन्दा बढीसमय बस्न बाध्य छन् तर यसको मूल्य पनि स्वयं तिनै कामदारको परिवारले चुकाउनु परिरहेको

परिवारको एउटा अभिभावक गुम्नु भनेको ठूलो क्षति हो तर बैदेशिक रोजगारका क्रममा कसैको श्रम स्वीकृतिको अवधिमा नै मृत्यु भएमा तिनका परिवारले केहि आर्थिक सहायता पाउँछन् जसले परिवारलाई बाँकी जीवनयापनमा केहि हदसम्म मद्धत गर्दछ तर जसको मृत्यु हुँदा श्रम स्वीकृतिको अवधि कटिसकेको हुन्छ, उसका परिवारले आर्थिक सहायता पाउँछ पढ्ने सुविधा नै

त्यसरी मृत्यु भएका व्यक्तिहरु पनि श्रम स्वीकृति लिएर, कल्याणकारी कोषमा रकम जम्मा गरेर नै बैदेशिक रोजगारमा गएका हुन् यदि राज्यले प्राप्त हुने सेवा सुविधावाट उनीहरुलाई वञ्चित गर्ने हो भनें सरकारले अझ धेरै सुचना तथा जानकारीहरु फैलाउन जरुरी यसमा स्थानीय निकाय तथा अन्य सरकारी तथा गैर सरकारी निकायहरु बीच हातेमालो गर्दै धेरै भन्दा धेरै परिवारसम्म पुग्न जरुरी ता कि खुईत प्रसाद, खेम बहादुर, श्यान बहादुरको परिवारले जस्तै अरु परिवार समस्यामा नपरुन्

यो पनि पढ्नुहोस् ‘विदेशमा तँ कोसँग बसिस् ?’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय