आइतवार नेपालमा यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, फागुन १३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ३६ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ५१ पैसा छ । दुई बर्षभन्दा लामो समयसम्म कमजोर रहेको रिंगिटको मूल्य विगत झण्डै दुई महिनायता बृद्धि भइरहेको छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ३६ पैसा र विक्रि दर २८ रुपैंयाँ ५३ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ १२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २८ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ५४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७० पैसा छ ।

कुवेती दिनारको खरिददर ३४४ रुपैंया ३१ पैसा छ भनें विक्रि दर ३४६ रुपैंयाँ ३१ पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ ९४ पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ ५३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् कुवेत हुँदै साउदी जान्छु भनेकी कमला बर्षौंदेखि बेपत्ता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय