मानव बेचविखन विरुद्धको अभियान सुरु

काठमाडौं, फागुन १२-

माईती नेपालले मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ जनचेतना अभियान शुरु गरेको छ । ‘हामी सबैको जिम्मेवारी, मानव बेचबिखन बिरुद्ध गरौँ खबरदारी’ भन्ने मुल नाराका साथ आजबाट पश्चिम नेपालको कञ्चनपुरदेखि अभियान शुरु भएको हो ।

७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अभियानको उद्घाटन गरेका हुन । अभियानको उद्घाटन गर्दै मन्त्री भट्टले ७ नम्बर प्रदेशलाई मानव बेचबिखन सुन्यतामा झार्ने घोषणा गरेका छन् । कानुन कडा बनाएर भएपनि बेचबिखन न्यूनिकरण गर्ने उनको भनाई छ । मिलोमतोमा हुने मानव बेचबिखनमा अपराध क्षम्य नहुने बताउदै मुख्य मन्त्री भट्टले मानव बेचबिखन रोक्नका लागि सबैले प्रण गर्नुपर्नेमा जोडदिए ।

जनचेतनाको विकास नहुन्जेलसम्म बेचबिखनका घटना भईरहने, त्यसमा प्रशासकिय निकायले सकृया घट्दै जाने भएकाले सचेतनाका कार्यक्रम संचालन गरिने बताए । मानव बेचबिखन न्यूनिकरणका लागि हेल्प डेस्क मार्फत प्रदेश सरकारले योजना बनाएर अघि बढ्ने उनले बताए ।

मानव बेचबिखन न्यूनिकरण गर्ने उदेश्यका साथ मेची–काली अभियान संचालन गरिएको माईती नेपालले जनाएको छ । नयाँपत्रिकाबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय