
काठमाडौं, फागुन ११-
नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले प्रकृया नपुगेका आवेदनलाई समेत बैदेशिक रोजगार विभागका कर्मचारीले घुस खाएर म्यानपावर कम्पनीको लाइसेन्स दिने गरेका कारण समस्या बढेको बताएका छन् । उनले विभागले सर्वोच्च अदालतको फैसला देखाएर जथाभावी लाइसेन्स दिने काम भइरहेको भन्दै रोष प्रकट गरे ।
देशपरदेशसँगको कुराकानीका क्रममा नफिया अध्यक्ष गुरुङले भनें “हामी पनि ईथिकल बनाउन चाहन्छौं । तर दिनदिनै १५, २० वटा लाइसेन्स दिने काम भइरहेको छ । अदालतको निर्णय भन्दै धमाधम ईजाजत दिइएको छ । तर अदातलको सो निर्णयमा जथाभावी जो सुकै आवेदन गर्न आउनेलाई ईजाजत दिनु भनिएको छैन ।”
उनले विभागका कर्मचारीले टेवुलमुनीबाट रकम लिएर लाइसेन्स दिने गरेको भन्दै आफूहरुसँग त्यसको प्रमाण रहेको दावी गरे । गुरुङले विभागको यहि रवैयाका कारण एक डेढ बर्षको बिचमा २ सय ७६ वटा नयाँ लाइसेन्स थपिएको र हाल ३ सय पाइपलाईनमा रहेको बताए । सवैले पेशा व्यवसाय गर्न पाउनुपर्छ भन्नेमा नाफिया सहमत रहेको भन्दै उनले तर एउटै व्यक्तिले धेरैवटा लाइसेन्स निकालेर २५ लाखसम्ममा विक्रि गरिरहेको बताए ।
“अहिले खाडीका ६ मुलुक र मलेशियाबाट मात्र अधिकाँश मागपत्र आउने गरेको छ र त्यहाँबाट माग बढ्नुको साटो घटेको छ” गुरुङले भने “अव डिमाण्ड पाउन व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ, यसमा सरकार जिम्मेवार छ ।” गुरुङले अहिले भइरहेकै व्यवसायीलाई भ्याई नभ्याई भएको भए नयाँ म्यानपावर कम्पनी खोल्न दिनु उचित हुने भन्दै यसमा सचेत हुन आग्रह गरे ।
हेर्नुहोस् भिडियो
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/LN9Lh090wjc” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>{/source}