साउदीमा ७ महिना देखि अलपत्र

काठमाडौँ, फागुन ११-

रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २३ जना नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंस्थित प्रिन्स अन्तरराष्ट्रीय रोजगार सेवा प्रालिबाट सात महिना अघि साउदी अरब पुगेका ती नेपालीको बिचल्ली भएको हो ।

साउदी अरबस्थित इम्पोर्टर सोलुसन कन्ट्राक्टिङ एस्ट कम्पनीमा रोजगारी गर्न पुगेका ती नेपाली काम नदिँदा उनीहरुको बिचल्ली भएको हो । उनीहरुलाई कम्पनीले खाना र ज्याला नदिएपछि कष्टकर जीवन बिताउन बाध्य भएका हुन् ।

काम नदिने कम्पनीलाई घर पठाइदेउ भन्दा पनि कुनै चासो नदेखाएको पीडित मध्येका एक रामजनम  कामतीले बताए । राहत र उद्दारको आशमा नेपाली राजदुतावासमा पटक पटक जाँदा पनि आश्वासन बाहेक केही नपाएको उनले गुनासो गरे । अन्नपूर्ण  पोष्टबाट

यो पनि पढ्नुहोस् सानोतिनो गल्तीमै स्वदेश फर्किन बाध्य

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: