सानोतिनो गल्तीमै स्वदेश फर्किन बाध्य

काठमाडौं, फागुन ११–

गाउँमा कमाउने उपाय नभेटेपछि दाङ, गोलटाकुरी–७ का सुन्दरलाल चौधरीले एकमात्र उपाय देखे– वैदेशिक रोजगारी । विगतमा दुईपटक गइसकेका ३६ वर्षीय चौधरीका लागि तेस्रोपटक विदेश पस्नु गाह्रो र नौलो थिएन।

वैदेशिक रोजगारीको अनुभव बटुलिसकेका चौधरीले तेस्रोपटक विदेशको कमाइले घरको आर्थिक अवस्था सुधार गर्ने योजना बुनेका थिए । राजधानीको लालधनुष मेनपावरलाई राहदानी बुझाएर सोसियल मेनपावरमार्फत साउदी उडेका चौधरीको सपना केही समयमै तुहियो । साउदी पुगेकै केही समयपछि रोजगारदाता कम्पनीले चित्त नबुझेको भन्दै चौधरीलाई घर फिर्ता गर्यो । कुनै कारण नबताई रोजगारदाताले फिर्ता गरेपछि उनको मानसिक सन्तुलन गुमेको छ।

रोजगारीका लागि कतार गएका पति गणेश नेपाली तीन दिनमै फर्केपछि कास्की, सराङकोटकी गीतालाई यतिखेर के गरौं र कसो गरौं भइरहेको छ । मेनपावरलाई एक लाख २० हजार रुपैयाँ बुझाएर कतार उडेका पति शरीरमा चोट बोकेर घाइते अवस्थामा फर्केपछि गीता तनावमा परेकी हुन्।

वैदेशिक रोजगारीमा गएर भविष्य उज्ज्वल बनाउने आसमा रहेका कैयौंको अवस्था चौधरी र नेपालीको जस्तै छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भनेर पटकपटक भएका प्रयास र छलफलबाट अझै कुनै उपलब्धि हासिल भएको छैन।

जानकारका अनुसार सरकारले कामदार पठाउने मुलुकसँग श्रम सम्झौता नगरी कामदार पठाइरहँदा श्रमिक मारमा पर्ने क्रम बढेको हो । रोजगारदाता कम्पनीले कामदारद्वारा कुनै सानोतिनो गल्ती  भयो भने या कामदार चित्त बुझेन भने त्यस्ता कामदारलाई स्वदेश फिर्ता गर्ने गरेको सरकारी अधिकारीहरू बताउँछन् ।

वैदेशिक रोजगार विभागका अनुसार मेनपावर र रोजगारदाता कम्पनीले ठगेको भन्दै चालु आर्थिक वर्षको ६ महिनामा (साउन–पुससम्म) एक हजार एक सय उजुरी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष ०७३÷७४ मा विभागमा त्यस्ता उजुरीको संख्या दुई हजार तीन सय ८३ थियो ।नागरिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय