काठमाडौं, फागुन १०-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ४७ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ६२ पैसा छ । पछिल्ला केहि दिनयता स्थीर रहेको रिंगिटको भाउ पुनः उकालो लागेको हो । दुई बर्षभन्दा लामो समयसम्म कमजोर रहेको रिंगिटको मूल्य विगत झण्डै दुई महिनायता बृद्धि भइरहेको छ ।
यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ३८ पैसा र विक्रि दर २८ रुपैंयाँ ५४ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ १३ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २९ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ५५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७१ पैसा छ ।
कुवेती दिनारको खरिददर ३४४ रुपैंया ४४ पैसा छ भनें विक्रि दर ३४६ रुपैंयाँ ४४ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ५ पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ ६४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् विदेश पठाउने भन्दै ठूलो समुहबाट पैसा ठग्दै, भाग्दै