
काठमाडौं, फागुन ९-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ४८ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ६३ पैसा छ । पछिल्ला केहि दिनयता स्थीर रहेको रिंगिटको भाउ पुनः उकालो लागेको हो । दुई बर्षभन्दा लामोसमयसम्म कमजोर रहेको रिंगिटको मूल्य विगत झण्डै दुई महिनायता बृद्धि भइरहेको छ ।
यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ३९ पैसा र विक्रि दर २८ रुपैंयाँ ५६ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ १४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३० पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ५६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७२ पैसा छ ।
कुवेती दिनारको खरिददर ३४४ रुपैंया ८० पैसा छ भनें विक्रि दर ३४६ रुपैंयाँ ८० पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ २० पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ ७९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् दलाल, घुस र बन्धनमा परेका युएईका कामदार