
कावासोती, फागुन ८-
बर्दघाट सुस्ता पुर्व नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनीले राहदानी वनाउने सवैलाई सुरक्षित बैदेशिक रोजगारीका बारेमा सुचना दिन आवश्यक रहेको बताएका छन् । हिमालयन सामुदायिक बिकाश मञ्च हिकोडेफ र सामी हेल्भेटासको आयोजनामा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयात्मक बैठकमा बोल्दै उनले बैदेशिक रोजगारीमा रहेका समस्या समाधान र सुचनाको पहुँच पुर्याउन सामी परियोजनाले पुर्याएको सहयोगको प्रशंसा गरे ।
कार्यक्रममा जिल्लामा परियोजना शुरु भएपछि हालसम्म भएको उपलब्धी चुनौती अवसरका बारेमा परियोजना संयोजक रितुराम सोती थापाले जानकारी गराएका थिए । जिल्ला प्रशासन कार्यालयले गरेको प्रत्यक्ष अप्रत्यक्ष सहयोगका कारण बैदेशिक रोजगारीका सवालमा काम गर्न सजिलो भएको भन्दै जिल्ला परियोजना संयोजक उमाकला शर्माले आगामी दिनमा पनि यस्तै सहयोग गरिदिन आग्रह गरिन् ।
यसैबीच कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रा कुमारी पुन र उपप्रमुख शंकर मर्दनियाले सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीको अवलोकनका साथै परियोजनाको बारेमा जानकारी लिएका छन् ।
यो पनि पढ्नुहोस् दुई महिना थपियो आममाफीको समय