
कुवेत, फागुन ८-
कुवेतले अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारलाई विना झण्झण्ट स्वदेश फर्किन पाउने समयावधि दुई महिना थपेको छ । कुवेतको आन्तरिक मन्त्रालयले आममाफीको समय दुई महिना थपिएको जनाएको छ । कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खालिद जराहलाई उध्त गर्दै स्थानीय सञ्चार माध्यमहरुले आममाफीको समय दुई महिना थपिएको जनाएका छन् ।
कुवेतले कागजातविहिन भएर बसिरहेका आप्रवासी कामदारलाई स्वदेश फर्किन अप्रिल २२ सम्मको म्याद थपेको हो । यसअघि आममाफीको समय फेब्रुअरी २२ सम्म यसको म्याद तोकिएको थियो ।
कुवेतले भिषाको म्याद सकिएर पनि कुवेतमा बसिरहेका कामदारलाई गरामा(जरिवाना) तिरेर वैधानिक भएर बस्न वा स्वदेश फर्किन गत जनवरी २९ तारिख देखि आममाफी सुरु गरेको थियो ।
यसैबीच कुवेतस्थीत नेपाली दूतावासले आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।
यो पनि पढ्नुहोस् हामी क्यानडा र युरोपमा रोजगारीको अवशर खोज्दै छौंः अध्यक्ष गुरुङ (भिडियो)