पत्रकारलाई आक्रमण गरी घाइते बनाउने तामाङलाई कारवाही गर्न महासंघको माग

काठमाडौं, फागुन ७-

नेपाल पत्रकार महासंघले गैरआवासीय नेपाली संघ(एनआरएनए), कुवेतका अध्यक्ष अर्जुन तामाङलाई कडा कारबाहीको  पहल गर्न कुवेतस्थित नेपाली दूतावास, नेपाल सरकार र गैर आवासीय नेपाली संघ केन्द्रीय समितिको ध्यानाकर्षण गराएको छ ।

तामाङले नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतवार साँझ आक्रमण गरी घाइते बनाएका थिए। आक्रमणबाट घाइते भएका अध्यक्ष न्यौपानेको हाल कुवेतस्थित आदान अस्पतालमा उपचार भइरहेको छ। न्यौपाने देशपरदेशका लागि कुवेतबाट सम्वाददाताका रुपमा समेत कार्यरत छन् । 

महासंघका महासचिव रमेश बिष्टले सोमबार जारी गरिएको प्रेश विज्ञप्तीमा भनिएको छ ‘जिम्मेवार संस्थाको अध्यक्षजस्तो पदमा रहेका व्यक्तिले आफ्नो पदीय हैसियतलाई ख्याल नगरी अर्का जिम्मेवार संस्थाका अध्यक्षमाथि गरिएको यो सांघातिक आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: