१५ म्यानपावर कम्पनीको काम रोक्का गर्यो विभागले

काठमाडौं, फागुन ७-

वैदेशिक रोजगार विभागले कामदारसँग आर्थिक शोषण गर्ने र श्रम सम्झौताअनुसार काम, सेवा सुविधा नदिने १५ म्यानपावर कम्पनीको काम रोक्का गरेको छ कारोवार रोक्का गरिएका म्यानपावर कम्पनीहरुमा अलजाफर इन्टरनेसनल, क्यापिटल रिक्रुटमेन्ट, डिजाइन इम्प्लोइमेन्ट सर्भिस, जीएस इम्प्लोइमेन्ट, इनोभेसन सर्भिस रहेका छन् ।

यसैगरी खालिद इन्टरनेसनल, लिंकस्टार म्यानपावर, पान्डोरा इन्कोरपोरेसन, पाथ इन्टरनेसनल, फिसल्याडर, रेड एन्ड ब्लु रिक्रुटमेन्ट, रेसुङ्गा इन्टरनेसनल, रिजा ओभरसिज र सिग्मा इन्टरनेसनलको कामकारबाही रोक्का गरिएको बैदेशिक रोजगार विभागले जनाएको छ । 

यसैबीच वैदेशिक रोजगार विभागले ३ महिनायता म्यानपावर व्यवसायीको अनुगमन गरेको छैन म्यानपावर व्यवसायीले १० हजार रुपैयाँको रसिद दिएर लाखभन्दा बढी रकम लिई कामदारमाथि आर्थिक शोषण गरिरहे पनि विभाग भने जनशक्ति अभाव भन्दै मौन  कान्तिपुरबाट

यो पनि पढ्नुहोस् ‘विदेशमा तँ कोसँग बसिस् ?’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय