तीन महिनादेखि तलव नपाउँदा ……..

 

प्रभातकुमार मिश्र, जनकपुर, फागुन ४-

बैदेशिक रोजगारीका लागि साउदी अरव पुगेका धनुषाका एक युवाले आफूले तीन महिनादेखि तलव नपाएको भन्दै उद्धार गरेर नेपाल फर्काइदिन आग्रह गरेका छन् । धनुषाको जनकनन्दनी गाउँपालिका ३ का प्रविणकुमार मण्डलले आफू विना तलव काम गर्न बाध्य भएको भन्दै साउदीबाट उद्धार गरिदिन आग्रह गरेका हुन् ।

मण्डलका अनुसार उनलाई स्थानीय एजेण्ट नसिवुल राइनले कम्पनीमा स्टीकर टाँस्ने काममा भन्दै बैदेशिक रोजगारको प्रकृयामा सामेल गराएका थिए । मण्डल राजधानीस्थीत खालिद ईण्टरनेशनल मेनपावर कम्पनी मार्फत साउदी गएका हुन् ।

साउदी अरव पुगेपछि आफू काम गर्न आएको कम्पनी सप्लाई कम्पनी भएको थाहा पाएको मण्डल बताउँछन् । हाल उनी कार्यरत कम्पनी एचिभमेण्ट स्प्रीङ्ग जेनरल कन्ट्राक्टिङ हो ।

११ सय रियाल मासिक तलव हुने आश्वासनमा १ लाख बुझाएर गएको छोरोले काम नपाएको र हाल खानबस्न समेत समस्या परेको भन्दै मण्डलका बाबु योगनारायण मण्डलले जनकपुरस्थीत सुचना केन्द्रमा उद्धार गरिदिन निवेदन दिएका छन् । उनको उद्धारका लागि कानूनी प्रकृया अगाडी बढाइएको सुचना केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुहोस् विदेश त्यागेर नेपाल, वित्तीय साक्षरताको कमाल  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय