क्वालालम्पुर, फागुन १-
कफि सेवन गरेपछि अचेत भएका ७ जना मध्ये दुई नेपाली सुरक्षा गार्डले अझै पनि आफूहरुलाई शरिर चिलाउने, रिंगटा लाग्ने समस्या भइरहेको बताएका छन् । उनीहरु दुई साता अघि एक महिलाले दिएको कफि पिएपछि अचेत भएर अस्पताल भर्ना भएका ७ जनामध्येका दुई हुन् ।
सुरक्षा गार्डको काम गर्ने ४५ बर्षिय विष्णु श्रेष्ठका अनुसार उनी अहिले पनि जीउ चिलाउने समस्या भोगिरहेका छन् । श्रेष्ठका अनुसार पेनाङ अस्पतालबाट कोठामा फर्किएपनि आफूलाई राती निन्द्रा नलाग्ने र आँखा चिलाउने समस्या छ । यसैगरी कतिपय समयमा आफूले कुनै कुरा थाहा नपाउने गरी रिंगटा लाग्ने गरेको उनको भनाई छ ।
यसैगरी सोही घटनाका अर्का पीडित ३१ बर्षिय मंगल प्रसाद सापकोटाले आफूलाई रिंगटा लाग्ने र ड्युरियन फलको गन्धले वाकवाकी लाग्ने गरेको बताएका छन् ।
यो पनि पढ्नुहोस् ‘विदेशमा तँ कोसँग बसिस्?’
