जव समुन्द्र माथि सुरु भयो गीत र गजल वाचन……

 

दीलिप पराजुली, दोहा, माघ २८- 

अनेसासनवोदितको ७८ औं वाचन डवली “सागरमा साहित्य शिर्षकमा दोहाको कर्नेस स्थित समून्द्रमा डुङ्गामा सयर गर्दै सम्पन्न भएको छ । कतारमा रहेका साहित्यिक संस्थाहरुले गर्दै आएका डबली हरेक महिनाको दोश्रो शुक्रबार सम्पन्न गर्दै आए पनि यो डबली बिशेष बनेको अनेसास कतारका महासचिब मणि पौडेलले बताए ।

बिगत लामो समयदेखि दोहामा साहित्य सिर्जना गर्दै आएका अनेसास नवोदितका पुर्व बिशिस्ट श्रोता बिनोद खड्काले सागर माथि रचना वाचन गर्न पाउँदा एकदम रमाइलो अनुभव भएको बताए । कार्यक्रममा डेढ दर्जन भन्दा बढी सर्जकले आफ्ना सिर्जना पस्केका थिए ।

माधब पौडेलको गजलबाट शुरु भएको कार्यक्रममा अनिल कुमार बिष्ट, मणि पौडेल, रुप रसाइली, हरिविनोद अधिकारी, सिताराम थापा, सन्तोष अधिकारी, राजन राई, प्रेम प्रसाद भट्टराई, बिनोद खड्का, बिन्दा लामा, माया के.सी, सुरेश परियार, चक्र कार्की, दीलिप पराजुली, लेख कार्की, श्यामराज रानाभाटले गजल तथा कविता वाचन गरेका थिए । करिब तीन घण्टा चलेको डबलीमा प्रेम दिवस नजिकिदै गर्दा गजल तथा कविता स्रिंगारिक भावमा प्रस्तुत भएका थिए ।

कार्यक्रममा नबोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष लेख कार्कीको गीति एल्बम “कुसुम को नेपालमा रिलीज भएको केहि बेरमा नै बसन्त फ्लीम परिवार र कार्कीले संयुक्त रुपमा पहिलो पटक उद्घाटन गरिएको थियो । कुसुम, कार्कीको दोश्रो गीत रेकर्ड भएको हो । कार्यक्रममा बिशिष्ट श्रोताको रुपमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ रहेका थिए भने डबलीको सञ्चालन चक्र कार्कीले गरेका थिए । कार्यक्रमको अन्त्यमा बिशिष्ट श्रोता मियाँले लामो समय देखी चलिरहेको डबलीमा पहिलेको तुलनामा साहित्य बिकाश भएको धारणा राखे । पत्रकार र साहित्यकार आपसका परिपूरक भएकाले पनि सधैं साथ र सहयोग रहने उनले बताए ।

यो पनि पढ्नुहोस् घाइते हुँदा समेत छोडेन कम्पनीले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय