शुक्रवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, माघ २६-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ११ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ २६ पैसा छ । लामो समयपछि निरन्तर बढेको रिंगिटको मूल्य केहि स्थीर छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिटको मूल्य घटेर २३ मा झरेको थियो । तर पछिल्लो केहि समययता रिंगिटको भाउ बढ्दैछ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ १६ पैसा र विक्रि दर २८ रुपैंयाँ ३२ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ३४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५० पैसा छ ।

कुवेती दिनारको खरिददर ३४१ रुपैंया ३२ पैसा छ भनें विक्रि दर ३४३ रुपैंयाँ ३२ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ ९३ पैसा छ भनें विक्रि दर २७३ रुपैंयाँ ५२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय