साउदीमा अवैधानिक रुपमा पुर्याइए २५ सय नेपाली महिला

काठमाडौँ, माघ २४-

मानव तस्करहरूले अवैधानिक रूपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदारका रूपमा साउदी अरब पुर्‍याएका छन् अधिकांश महिलालाई कुवेत हुँदै साउदी पुर्‍याइएको हो घरेलु कामदार पठाउन प्रतिबन्धित साउदीमा कुवेतका मानव तस्करले तेस्रो बाटो प्रयोग गरेर लैजाने गरेका छन्

साउदी सरकारले आफ्नो देशमा कार्यरत घरेलु महिला कामदारको यो तथ्यांक नेपाली दूतावासलाई एक महिनाअघि उपलब्ध गराएको थियो कुवेतको आवासीय भिसा लगाई अस्थायी रूपमा साउदी पुर्‍याइएका महिला कामदारको संख्या यसमा समावेश छैन कुवेत वा साउदीबाट फर्केका महिलालाई पुनः श्रमस्वीकृति गरी पठाइएको

कुवेतबाट साउदी ल्याई समस्यामा परेका नेपाली महिला भागेर आश्रयका लागि दिनहुँजसो रियादस्थित नेपाली दूतावास र जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालय पुग्ने गरेका छन् यी निकायले महिनाको सरदर २० जनालाई नेपाल फर्काइरहेका छन् कान्तिपुरबाट

यो पनि पढ्नुहोस् उनलाई तपाईले कहिं देख्नुभएको छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय