घट्दैछ रेमिट्यान्सको बृद्धिदर

काठमाडौं, माघ २४-

नेपाल आउने विप्रेषणको प्रमुख स्रोतका रूपमा रहेको वैदेशिक रोजगारमा आएको गिरावटले विप्रेषण आयातमा असर परेको छ। वैदेशिक रोजगारमा आएको गिरावटसँगै विप्रेषण आयात वृद्धिदर खस्किएको छ।

विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा रहेको विप्रेषण चालू आवको पहिलो पाँच महिनामा ०.८ प्रतिशतले वृद्धि भएको छ। आव २०६८-०६९ मा विप्रषण वृद्धिदर ४१.९ प्रतिशत थियो।

विगत तीन वर्षदेखि रेमिटेन्सको वृद्धिदरमा गिरावट आइरहेको पूर्वअर्थ सचिव रामेश्वर खनाल बताउँछन्। उनले भने, ‘सरकारले पुँजीगत खर्च बढाउने हो भने पनि रेमिटेन्स घट्दा देशको अर्थतन्त्रमा असर देखिन्न। तर, पुँजीगत खर्च नबढेको अवस्थामा भने केही असहजता आउँछ।’

देशमा कुनै पनि प्राकृतिक प्रकोप र बन्द हडताल नभइ उद्योग कलकारखाना सहज रूपमै चल्न पाएको अवस्थाका रेमिटेन्सको वृद्धिदर घटे पनि अर्थतन्त्रमा असर नपर्ने उनको भनाइ छ। खनालले भने,‘ त्यसमा पनि स्थानी तहका सरकारको प्रतिस्पर्धाले नयाँ उद्योग फस्टाउँदै जाने अवस्था बन्छ। रोजगारीकै अवसर नेपालमा भएको अवस्थामा आम्दानी पनि बढ्दै जान्छ र अर्थतन्त्रमा पनि कुनै असर देखिन्न।’ 

चालू आवको साउनदेखि मंसिरसम्म दुई खर्ब ८५ अर्ब ४८ करोड रुपैयाँ विपे्रषण आएको छ। आव २०७३-०७४ को पहिलो पाँच महिनामा विप्रेषणको वृद्धिदर ६ प्रतिशत थियो। यो अवधिमा दुई अर्ब ८७ अर्ब ६६ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको थियो। अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय