काठमाडौँ, माघ २२- संयुक्त राष्ट्रसंघीय बिशेष दूत फिलिपे गोञ्जालेज मोरालेसले नेपालबाट बैदेशिक रोजगारमा जाने प्रकृया निक्कै जटिल रहेको आफूले अनुभव गरेको बताएका छन् । उनले नेपालीले बैदेशिक रोजगारीमा जान निक्कै ठूलो मूल्य तिर्नुपरिरहेको समेत बताए । नेपाल भ्रमणमा आएका गोञ्जालेजले आफ्नो भ्रमण सकेर स्वदेश फर्किनु अघि आयोजित पत्रकार सम्मेलनमा नेपालको कामदार आपूर्ति गर्ने प्रणाली निक्कै जटिल रहेको अनुभव गरेको बताए ।
उनले बैदेशिक रोजगारमा जानेहरुसँग शुल्क लिनेहरु तथा शोषण गर्नेहरु प्रति शुन्य सहनशीलताको नीति पनि अपनाउनु पर्नेमा जोड दिए । उनले ठग्ने मेनपावर कम्पनीहरुको ईजाजतपत्र समेत रद्ध गर्न सुझाव दिए । उनी ८ दिने अध्ययन भ्रमणमा नेपाल आएका थिए ।
यो पनि पढ्नुहोस् लेभी काटियो ? यी नम्वरमा फोन गर्नुस्
