नयाँ रोजगारीका लागि यसरी बनाउनुहोस् युएईमा प्रहरी रिपोर्ट 

दुवई, माघ २१-

युएई सरकारले लगाएको रोजगार अनुमतिका लागि अनिवार्य रुपमा प्रहरी रिपोर्ट पेश गर्नुपर्ने व्यवस्थापछि अव यहाँ कार्यरतहरुले कसरी प्रहरी रिपोर्ट बनाउने भन्ने खुल्दुली सुरु भएको नेपालबाट आउनेहरुले नेपालबाट नै प्रहरी रिपोर्ट बनाउनु पर्ने भएपनि युएईमा कार्यरतहरुले युएईको प्रहरीबाट नै यस्तो रिपोर्ट बनाउनु पर्ने यहाँका सञ्चार माध्यमहरुले समाचार लेखेका छन्

असल व्यहार भएको प्रहरीद्धारा प्रमाणित रिपोर्टका लागि युएईमा कार्यरतहरुले दुवई प्रहरीमा आवेदन दिनुपर्नेछ यसका लागि नजिकैको कुनै पनि प्रहरी कार्यालयमा गएर आवेदन दिन सकिने जनाइएको यस्तो आवेदन अनलाइन मार्फत पनि दिन सकिनेछ

प्रहरी कार्यालयमा नै गएर आवेदन दिन चाहनेहरुले आफूलाई पायक पर्ने कुनै पनि प्रहरी कार्यालय वा सिआइडी अफिसमा विहान ७ः३० देखि २ः३० को बीचमा आइतवार देखि विहिवारसम्म जान सक्ने जनाइएको

यसरी उपलव्ध गराइएको प्रमाणपत्र तीन महिनाका लागि मान्य हुनेछ यसैगरी ९०१ मा फोन गरेर पनि जानकारी हासिल गर्न सकिनेछ

युएईमा प्रमाणपत्र बनाउन चाहनेहरुका लागि सय २० दिराम शुल्क लाग्ने जनाइएको यसरी प्रहरीको रिपोर्ट प्राप्त गर्न ईमेल ठेगाना तथा ईमिरेट्स आइडी आवश्यक पर्ने त्यस्तो आइडी म्याद सकिएको भएमा पनि काम हुने समाचारमा जनाइएको

नेपालमा भनें यसविषयमा अझै पनि अन्यौल नै रहेको ठूलो संख्यामा युएई आउनेहरुलाई कसरी प्रहरी रिपोर्ट उपलव्ध गराइन्छ भनेर कुनै व्यवस्था भइसकेको छैन यसले तत्काल युएई जान चाहनेहरुलाई झण्झट सिर्जना हुन सक्दछ  

यो पनि पढ्नुहोस् अव युएईमा रोजगारीका लागि प्रहरी रिपोर्ट चाहिने, सुरु भयो नयाँ नियम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय