
राजा बगर, दुबई, माघ २०-
पाल्पाली समाज दुबई क्षेत्रिय समितिले आयोजन गरेको बनभोज कार्यक्रम निक्कै भव्यताका साथ जाबेल पार्कमा सम्पन्न भएको छ। दुबईको प्रख्यात पारिबारिक पार्कमा भएको उत्त बनभोज कार्यक्रममा लगभग ५० जिल्लाका ४ सय ५० नेपालीको सहभागिता थियो ।
नेपाली स्वादको खाना दोहरी, डिजे, हाजिरीजवाफ र खेलकुद सहितको मनोरञ्जनात्मक उत्तm कार्यक्रममा अबुधाबि, अलैन, रसलखेमा, फुजेराबाट सहभागिहरु आएको आयोजकले बताएका छन्।
तीन बर्ष अगाडि स्थापना भएको पाल्पाली समाज युएईले थोरै तर उत्कृट कार्यक्रम गर्दै आएको र पाल्पाली समाजको कार्यक्रममा धेरैको सहभागिता हुने गरेको बनभोजमा सहभागि बिना थापाले बताईन।
दुबईमा टाढा आयोजना हुने बनभोजको विपरित पाल्पाली समाजले सहज र सुबिधाजनक ठाउँमा कार्यक्रम गरेकोमा पत्रकार खिमलाल पाण्डेले खुशी व्यक्त गरे ।
यो पनि पढ्नुहोस् चार दिनमा ११ सयजनाले लिए यात्रा अनुमतीपत्र