यस्तो छ शुक्रवार रिंगिट, रियाल, दिनार र दिरामको मूल्य

काठमाडौं, माघ १९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ १८ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ३३ पैसा छ । लामो समयपछि निरन्तर बढेको रिंगिटको मूल्य केहि स्थीर छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिटको मूल्य घटेर २३ मा झरेको थियो । तर पछिल्लो केहि समययता रिंगिटको भाउ बढ्दैछ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ५ पैसा र विक्रि दर २८ रुपैंयाँ २१ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९७ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया २३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ३९ पैसा छ । 

कुवेती दिनारको खरिददर ३४० रुपैंया ७८ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ ७८ पैसा छ । बहराइन दिनारको खरिददर २७० रुपैंयाँ ९१ पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ५० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय