चार दिनमा ११ सयजनाले लिए यात्रा अनुमतीपत्र

  

हरी कृष्ण न्यौपाने, माघ १८-

कुवेत सरकारले दिएको सुबिधा उपयोग गर्दै स्वदेश फर्किनको लागि नेपाली दुतावासमा चार दिनमा ११ सय नेपालीले यात्रा अनुमती पत्रका लागि निवेदन दिएका छन जसमा महिला कामदारहरु ७ सय  ५८, पुरुष कामदारहरु ३ सय ३२ जना र १० जना बालबालिकाहरु छन।

नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले अपेक्षा गरिए भन्दा धेरैको चापको कारण र आममाफीको समय पनि छोटो भएकाले शुक्रबार र शनिबार बिदाका दिनमा समेत स्वदेश फिर्तिमा सहजिकरणका लागि बिहान १० बजे देखी ३ बजेसम्म नेपाली दुताबास खुल्ला रहने बताए ।

कुवेत सरकारको एक तथ्याङले करिब ४५०० अबैधानिक नेपाली कामदारहरु कुवेतमा रहेको अनुमान गरेको छ भने कुवेत सरकारको गृह मन्त्रालयले आममाफी पछी ब्यापक सुरक्षा चेकजाँच गर्ने बताइसकेको छ। कुवेत गृह मन्त्रालयले जारी गरेको सुचना अनुसार आममाफीमा घर नफर्कने आप्रबासी कामदारहरुलाई सुरक्षा चेकजाँचका क्रममा समातिए कालोसुचीमा राखेर देश निकाला गरिने छ भने उनीहरु कुवेत वा अन्य खाडी देशहरुमा पुनः आउन पाउने छैनन। 

कुवेतमा ६ बर्ष पछी खुलेको आममाफीको सदुपयोग गर्दै नेपाल फर्किन चाहने नेपाली कामदारहरु (आफ्नो नाममा कुनै पनि मुद्दा वा यात्रा निषेध जारी नभएका साधारण कार्यस्थलबाट भागेको मुद्दा मात्र भएका) ले नियम पूर्वक आममाफीमा फर्किए पुनः कुवेत लगाएतका खाडी राष्ट्रहरुमा फर्किन पाउने छन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय