बैदेशिक रोजगारीका बारेमा अझ धेरै सुचना फैलाउन जरुरी

 

रामकुमार थापा, धादिङ, माघ १७- 

धादिङका प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले बैदेशिक रोजगारको कारण देखीएको समस्याहरु कम गर्ने काम महत्वपुर्ण रहेको भन्दै जिल्लाका टाढा टाढासम्मका बासिन्दासम्म सुचना पुर्याउनु आवश्यक रहेको बताएका छन् । यसमा धादिङमा सञ्चालन भएको सुरक्षित आप्रवासन सामि परियोजनाले प्रशंसनीय काम गरेको उनले बताए ।

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स धादिङ) द्वारा सञ्चालित सुरक्षित आप्रवासन सामि परियोजना अन्तरगत सुरक्षित वैदेशिक रोजगारी विषयक निर्वाचित वडा सदस्य÷सम्पर्क व्यक्तिहरुको लागि आयोजना गरिएको दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी भण्डारीले सो कुरा बताए ।

कार्यक्रममा बोल्दै उनले सयौँ घरपरिवारमा बैदेशिक रोजगारको पीडा रहेको समयमा यस्तो प्रकारको काम आफैँमा महत्वपुर्ण हुने बताए । देशको युवाशक्ति विदेशीदा विकास निर्माण र पुननिर्माणको काममा समेत प्रभाव परेको भन्दै यसले देशलाई ठुलो नोक्सानी परेको धारणा उनको थियो । बैदेशिक रोजगारका कारण धादिङमा धेरै व्यक्तिहरु समस्यामा पर्ने, ठगीमा पर्ने, बेपत्ता हुने र पारिवारीक विखण्डनका घट्नाहरु बढीरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

धादिङको घाटबेसीमा सञ्चालन भएको कार्यक्रममा नीलकण्ठ नगरपालीकाको तीनवटा  वडाका निर्वाचित वडा सदस्यहरु सिद्धलेक, थाक्रे र गल्छि गाउँपालिकाका निर्वाचित वडा सदस्यहरु मध्येबाट सुरक्षित बैदेशिक रोजगारीको लागि गाउँपालिकाबाट छनौट भएका सम्पर्क व्यक्तिहरुको सहभागीता थियो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सामि परियोजनाका जिल्ला संयोजक कमल बहादुर रोकाय, सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती र कार्यक्रम संयोजक गंगा सुवेदीले सामीले गर्ने काम, अहिलेसम्म गरिएको क्रियाकलाप, धादिङमा बैदेशिक रोजगारको अवस्था, यसले पारेको प्रभाव र न्युनीकरणको उपायहरुको विषयमा जानकारी गराएका थिए । यसैगरी मनोसामाजिक परामर्शकर्ताहरु रामकुमार थापा र पवित्रा रानामगरले बैदेशिक रोजगारको कारण पर्ने मनोसामाजिक समस्या, लक्षण,हेरचाह र सु–स्वास्थ्यको बारेमा जानकारी गराए ।

कार्यक्रममा सहभागी वडा सदस्य÷सम्पर्क व्यक्तिहरुले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । सकेसम्म युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन पहल गर्ने र यदि बैदेशिक रोजगारीमा जाने हो भने ती युवाहरुको हकमा नेपाल सरकारले तोकेको प्रावधान पुरा गरेर र सीप सिकेर जानको लागि सु–सुचित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

प्रत्येक वडाका वडा सदस्यहरुले आ–आफ्नो वडाबाट बैदेशिक रोजगारमा जान लागेको युवाहरुको तथ्याङक संकलन गर्ने, निति निर्माण र कार्यन्वयनमा पैरवी गर्ने बताउनु भएको छ ।

यसैगरी कार्यक्रममा धादिङ जिल्लाको बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागि १० बुँदे समझदारी पत्र समेत घोषणा गरीएको छ । 

यो पनि पढ्नुहोस् ट्राभल डकुमेण्ट बनाउन कसैले पैसा मागेमा खवर गर्न दूतावासको अनुरोध

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय