
हरि कृष्ण न्यौपाने, कुवेत, माघ १७-
कुवेतस्थीत नेपाली दूतावासले ट्राभल डकुमेण्ट(यात्रा अनुमतिपत्र) बनाउन कसैले पैसा मागेमा जानकारी गराउन अनुरोध गरेको छ । दूतावासले एक सुचना जारी गर्दै यात्रा अनुमतिपत्र निःशुल्क रुपमा बनाइने भन्दै कसैले रकम मागेमा त्यसको जानकारी दिन आग्रह गरेको हो ।
कुवेतमा आममाफी खुलेपछि नेपाल फर्किन चाहने तर साथमा पासपोर्ट नहुनेहरुलाई यात्रा अनुमति पत्र आवश्यक पर्दछ । दूतावासले यसअघि नै त्यस्तो कागजपत्र कसरी बनाउन सकिन्छ भनेर सम्पर्क नम्वर सहित जानकारी गराइसकेको छ ।