
काठमाडौं, माघ १६-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ १३ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ २८ पैसा छ । लामो समयपछि निरन्तर बढेको रिंगिटको मूल्य केहि घटेको हो । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिटको मूल्य घटेर २३ मा झरेको थियो । तर पछिल्लो केहि समययता रिंगिटको भाउ बढ्दैछ ।
यसैगरी कतारी रियालको खरिदर २७ रुपैंयाँ ८५ पैसा र विक्रि दर २८ रुपैंयाँ २ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ६१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७८ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ २० पैसा छ ।
कुवेती दिनारको खरिददर ३३८ रुपैंया ३६ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ३६ पैसा छ । बहराइन दिनारको खरिददर २६९ रुपैंयाँ ३ पैसा छ भनें विक्रि दर २७० रुपैंयाँ ६२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।