आममाफीमा सहभागि भएर स्वदेश फर्किन दूतावासले गर्यो यस्तो व्यवस्था

 

हरी कृष्ण न्यौपाने, कुवेत, माघ १५-

सन २०१२ मा खुलेको पूर्ण आममाफी पछी कुवेत सरकारले ‘मद्दा लागेका र यात्रा निषेध बाहेक’ का आप्रबासी कामदारहरुका लागि यही जनावरी २९ सोमबार देखी फेब्रोवरी २२ तारिकसम्म २५ दिनको लागि आममाफीको घोषणा गरेको छ ।

यो २५ दिनको आममाफीमा बिभिन्न कारणले आबासिय अनुमती (भिसा) को म्याद सकिएका कामदारहरुले यदी उसको नाममा कुनै मुद्दा र यात्रा अनुमती निषेध सुचना जारी नभएको खन्डमा उसले कुनै शुल्क बिना कुवेत छोड्न पाउने छ । स्वदेश फर्किन नचाहने तर वैधानिक बन्न चाहनेले कुवेत सरकारले तोकेको जरिवाना बुझाएर बैधानिक हुँदै भिसा नबिकरण गर्न समेत सक्ने व्यवस्था गरिएको छ ।

आममाफीको बारेमा नेपाली दुताबास कुवेतले एक सूचना जारी गर्दै भनेको छू ‘आवासिय कानुन उल्लंघन गरी बिना भिसा गैरकानुनी रूपमा कुवेतमा बसोबास गर्दै आएका कुनै पनि मुद्दा नभएका र यात्रा निषेध नगरिएका नेपाली कामदारहरुले आफुसंग सक्कल राहदानी भए सिधै कुबेतको एयरपोर्टबाट टिकट काटेर जान पाउने छन् ।’

अपराधिक गतिबिधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न, बैकबाट ऋण वा मोवाइल, इलेक्ट्रोनिक्स सामान किस्ताबन्दीमा लिएर सबै ऋण चुक्ता नभएका कामदारले मुद्दा नसकिएसम्म र हिसाब पुरा नबुझाएसम्म जान सक्ने छैनन ।

दुताबासको प्रेश बिज्ञप्तिमा भनिएको छ ‘चोरीको उजुरी नपरेका, आपराधिक मुद्दा नपरेका र यात्रा निषेध नगरिएका घरेलु कामदार तथा अन्य कामदारले घर फर्किन आफुसँग भएको राहदानी वा अन्य कागजातको सक्कल वा फोटोकपी वा केही कागजात नभए पनि दुताबासमा सम्पर्क गर्न सक्ने छन ।’

दुताबासले सुचनामा भनेको छ ‘आफ्नो नाममा मुद्दा नभएको वा यात्रा निषेध जारी नभएका नेपाली कामदारहरुले यदी आफुसँग राहदानी छैन भने यात्रा अनुमति पत्रको लागि नागरिकता वा राहदानीको पुरानो प्रतिलिपि एव २ प्रति निलो पृष्टभूमिमा खिचिएको ६ ह ४ ऋःको फोटो सहित नेपाली दुतावासमा सम्पर्क गर्न सक्ने छन।’

आममाफीको बारेमा आवश्यक जानकारी र सहयोगको लागि नेपाली दुताबासको निम्न ठेगाना र नम्वरमा सम्पर्क गर्न सकिने जनाएको छ ।

नेपाली राजदुतावास कुवेत जाब्रिया ,बल्क नं ८ , स्ट्रिट नं १३ , भिल्लानम्वर ५१४ सम्पर्क नम्वर ः ००९६५ २५३२१६०३ २५३२१६०४ २५३२१६०५ 

हटलाइन नम्वर ००९६५(९८८६९१२१

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय