मलेसिया जाने बढे, विदेश जाने घटे

 

काठमाडौ, माघ १४-

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशीने नेपालीको संख्यामा गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा १ लाख ७५ हजार नेपाली वैदेशिक रोजगारीको लागि बाहिरिएकोमा चालु आर्थिक वर्षको यो अवधिमा १ लाख ६८ हजार नेपाली वैदेशिक रोजगारीको लागि बाहिरिएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार धेरै नेपालीले रुचाएको मलेसियामा जाने कामदारको संख्या बढेपनि समग्रमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा गिरावट आएको छ।

गत वर्ष पहिलो ६ महिनामा मलेसिया जाने कामदारको संख्या ३९ हजार रहेकोमा यो वर्ष ५९ हजार पुगेको छ। गत वर्ष सबैभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गएको कतारमा भने यो वर्ष उल्लेख्य गिरावट आएको छ। गत वर्ष ५९ हजार नेपाली पहिलो ६ महिनामा कतार गएकोमा यो वर्ष ४५ हजार नेपाली मात्रै कतार गएका छन्। 

त्यसैगरि गत वर्ष पहिलो ६ महिनामा ४३ हजार नेपाली वैदेशिक रोजगारीको लागि गएको साउदी अरवमा यो वर्ष भने २२ हजार नेपाली मात्रै वैदेशिक रोजगारीको लागि साउदी अरब गएका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: