शनिवार पनि बढ्यो रिंगिटको मूल्य, कति छ रियाल, दिराम, दिनारको मूल्य ?

 

काठमाडौं, माघ १३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शनिवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ १९ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ३५ पैसा छ । दुई बर्षयताको यो सवैभन्दा उच्च मूल्य हो । पछिल्ला केहि दिनयता रिंगिट निरन्तर उकालो लाग्दैछ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिटको मूल्य घटेर २३ मा झरेको थियो । डलरको भाउ कमजोर हुँदा रिंगिट भनें उकालो लागेको मलेसियाका सञ्चार माध्यमले लेखेका छन् । यो क्रम अझै कायम रहने अनुमान छ ।

यसैगरी कतारी रियालको खरिदर २७ रुपैंयाँ ८४ पैसा र विक्रि दर २८ रुपैंयाँ १ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ६० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७७ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ १९ पैसा छ ।

कुवेती दिनारको खरिददर ३३८ रुपैंया २२ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ २२ पैसा छ । बहराइन दिनारको खरिददर २६८ रुपैंयाँ ९१ पैसा छ भनें विक्रि दर २७० रुपैंयाँ ५० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।  

यो पनि पढ्नुहोस् कसले दिन पाउँछन् पुनः कोरिया जाने सिविटी परिक्षा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: