‘मेनपावर कम्पनी भन्दा एजेण्टलाई बढी चुनौती’

कावासोती, माघ १२-

काठमाडौमा बसेर काम गर्ने मेनपावर कम्पनीहरुलाई भन्दा गाउँमा बसेरर काम गर्ने एजेन्टलाई बढि चुनौती रहेको एजेन्टहरुले बताएका छन् । कावासोतीमा एजेण्टसँग गरिएको एकदिने अभिमुखिकरणमा सहभागी एजेण्टहरुले सानो समस्या आएपनि कामदारका परिवार घरमा नै आएर गुनासो गर्ने भएकाले पनि आफुहरुले नबुझि बैदेशिक रोजगारीमा पठाउन नहुने बताए ।

हिमालयन सामुदायिक बिकाश मञ्च र सामी हेल्भेटासको साझेदारीमा सञ्चालित सामी परियोजनाको आयोजनामा भएको अभिमुखिकरणमा सहभागी एजेण्टहरुले आवश्यक सूचना नपाउँदा र म्यानपावर कम्पनीले गर्ने गल्तीमा पनि आफूहरुलाई नै जिम्मेवार गराईने हुँदा बढि समस्या भएको बताए ।

उनीहरुले यस्तो अभिमुखिकरणले काम गर्दा अप्ठ्यारोमा पर्नबाट जोगाउने भन्दै आउँदा दिनमा चनाखो भएर सूचना केन्द्रसँग मिलेर काम गर्ने बताएका छन् । वैदेशिक रोजगारमा जानेलाई म्यानपावरसम्म पुर्याउने एजेण्टहरुले आफू ढुक्क भएर मात्र बैदेशिक रोजगारीमा पठाउने हो भने समय कम भएर जाने बताए ।

अभिमुखिकरणमा सहभागी १५ जना एजेन्टलाई सुरक्षित आप्रवासन परियोजनाको परिचय, परियोजनाले गर्ने काम, एजेण्ट पेशालाई कसरी मर्यादित बनाउने, एजेण्ट अप्ठ्यारोमा परे कहाँबाट कसरी सहयोग लिने, सरकारले लागु गरेको फ्रि भिसा फ्रि टिकट र सूचना केन्द्रले दिने परामर्श सेवा लगायतका बिषयमा जानकारी गराईएको थियो । 

उनीहरुले अबका दिनमा कामदारलाई गन्तब्य मुलुकमा समस्या परे सुचना केन्द्रसँग सहकार्य गरेर उनीहरुको न्यायको लागि पनि सहयोग गर्ने, गाउँबाट बिदेश जान ठिक्क युवालाई सुचना केन्द्रबाट प्रदान गरिने अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने तालिमका लागि सिफारीस गर्ने लगायतको प्रतिबद्धता गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय