फेरी बढ्यो रिंगिट, मलेसियामा कार्यरत नेपालीलाई फाइदा, यस्तो छ रियाल, दिराम र दिनार  

     

काठमाडौं, माघ १२-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ९ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ २५ पैसा छ । दुई बर्षयताको यो सवैभन्दा उच्च मूल्य हो । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिटको मूल्य घटेर २३ मा झरेको थियो । पछिल्ला केहि महिनायता रिंगिट निरन्तर उकालो लाग्दैछ । डलरको भाउ कमजोर हुँदा रिंगिट भनें उकालो लागेको मलेसियाका सञ्चार माध्यमले लेखेका छन् । यो क्रम अझै कायम रहने अनुमान छ । 

यसैगरी कतारी रियालको खरिदर २७ रुपैंयाँ ८४ पैसा र विक्रि दर २८ रुपैंयाँ रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ६० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७७ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ १९ पैसा छ ।

कुवेती दिनारको खरिददर ३३८ रुपैंया २२ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ २२ पैसा छ । बहराइन दिनारको खरिददर २६८ रुपैंयाँ ९१ पैसा छ भनें विक्रि दर २७० रुपैंयाँ ५० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।  

यो पनि पढ्नुहोस्  निःशुल्क सीप सिक्नेहरुको खाँचो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय