काम, तलव दिएन कम्पनीले, घर फर्किन उल्टै रकम तिर्नुपर्ने 

रञ्जना लम्साल, कावासोती, माघ ११-

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नवलपरासीका दुई युवा कम्पनीबाट काम तलब नपाएका कारण बिचल्लीमा परेका छन् काठमाडौंमा रहेको एसआरके, नेपाल (मेनपावर कम्पनी) मार्फत कुवेत पुगेका बुङ्गदीकाली नरमका रन बहादुर गाहा   नवलपरासी बिनयी त्रिवेणी गाउँपालिकाका ओम बहादुर ठाडालाई कम्पनीले काम तलव नदिनका साथै स्वदेश फर्कन समेत रोकेपछि उनीहरु बिचल्लीमा परेका हुन् उनीहरु प्रतिव्यक्ति लाख २५ हजार रकम बुझाएर कुवेत गएको परिवारका सदस्यहरुले बताएका छन्  

क्लिनरको काममा दुई महिना अघि अलकाउट फर बिल्डिङ्ग एण्ड रोड क्लिनिङ्ग कम्पनी कुवेतमा पुगेका उनीहरुलाई कुवेत पुग्ने बित्तिकै १० केडी दिएको त्यसपछि काम तथा तलव नदिएको हुँदा हाल खाना खाने रकम समेत अभाव भएको कुवेतबाट टेलिफोन मार्फत रन बहादुर गाहाले बताए

कम्पनीले हाललाई काम नभएको जनाएको मेनपावरबाट उनीहरुको समस्या बुझ्न कुवेत पुगेका एजेन्टले पनि घर फिर्ता जाने भए प्रतिव्यक्ति सय ५० केडी तिरेर जानु भन्ने जवाफ दिएपछि उनीहरु झन् समस्यामा परेका छन् 

उनीहरुसँगै सो कम्पनीमा अन्य एक सयजना नेपाली अलपत्र परेको आफुहरुको समुहमा ३० जना रहेको रनवहादुरले बताए अलपत्र पर्नेमा बिजय कुमार यादव महोत्तरी, ओम थापा, रुपन्देही, हरेराम साह, काठमाडौ, सन्दीप मुड्भरी नुवाकोट, विजय पुन मगर बाँके, राकेश पुन मगर तथा ओम सुरेश चौधरी दाङ्ग, धन कृष्ण अधिकारी, बाजुरा धन बहादुर ढेंगा मगर स्याङ्जा लगायत छन्

ऋण लिएर कुवेत पुगेका उनीहरुलाई फर्किनका लागि उल्टै पैसा मागेपछि स्वदेश फर्कन पहलका लागि कावासोतीमा रहेको सूचना तथा परामर्श केन्द्रसँग सहयोग मागेका छन् उनीहरुले वैदेशिक रोजगारीको प्रक्रियामा प्रयोग गरिएको कागजातको प्रतिलिपि फोटो पठाएर आफुहरुलाई नेपाल फर्काउन अनुरोध गरेका हुन् सूचना केन्द्रले वैदेशिक रोजगार बिभागमा उनीहरुलाई फर्काउने पहल सुरु गर्ने केन्द्रका संयोजक रितु राम सोती थापाले बताए  

यो पनि पढ्नुहोस् होसियार ! ठग्नलाई यस्तो समेत कागजात बनाउँछन् मेनपावर कम्पनीले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय