
हरि कृष्ण न्यौपाने, कुवेत, माघ ११-
कुवेतको अल्मुल्ला कम्पनीको सेक्युरिटी डिपार्टमेन्ट अन्तर्गत जि फोर एस प्रोजेक्टमा सेक्युरिटी काम गर्दै आएका पाँचथरका देउमान तामाङको कार्यस्थलमै हृदयघात भएर मृत्यु भएको छ । उनी जनवरी २४ तारिकका दिन बिहान कुवेतको सार्कस्थित आफ्नै कार्यस्थलमा अकस्मात ढलेका थिए । अस्पताल लैजाने क्रममा नै उनको निधन भएको थियो ।
देउमानका मेनेजर सानु महर्जनका अनुसार कुवेतमा करिब १२ बर्ष देखी कार्यरत देउमानलाई कार्यस्थलमै अकस्मात बेहोस भए पछी अमेरी अस्पताल पुर्याइएको थियो। तर डाक्टरले उनको मृत्यु भइसकेको जनाएका थिए । उनको शव फर्वानिया अस्पतालमा राखिएको छ।
महर्जनका अनुसार उनको मृत्यु भएको खवर परिवारलाई पठाइसकिएको छ । नेपाली दुताबास मार्फत कानुनी प्रकृया पुरा गरेर उनको शवलाई छिट्टै नेपाल पठाउन प्रकृया थालिएको छ।
प्राप्त जानकारी अनुसार मृतकको श्रीमती दुबइमा कार्यरत छिन। उनी पनि विहिवार नै नेपाल फर्किने तयारीमा रहेको जानकारी महर्जनले दिए ।
यो पनि पढ्नुहोस होसियार ! ठग्नलाई यस्तो समेत कागजात बनाउँछन् मेनपावर कम्पनीले