आप्रवासनको विषय हेर्ने राष्ट्रसंघको विशेष टोली नेपाल आउँदै

 

काठमाडौं, माघ १०-

संयुक्त राष्ट्रसंघको प्रवासीहरुको मानव अधिकार परिषदका विषेश प्रतिनिधी फिलिप गोन्जालेज नेतृत्वको टोली नेपाल आउने भएको छ । अन्तराष्टिय श्रम संगठन (आइएलओ) का अनुसार गोञ्जालेज नेतृत्वको टोली माघ १४ मा नेपाल आइपुग्दैछ । टोली एकहप्ताको भ्रमणमा आउन लागेको हो । सो टोलीले  काठमाडौंमा नीति निर्माताहरुसँग छलफल गर्नुका साथै मोरङ र कैलालीको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

नेपालमा रहँदा सो टोलीले वैदेशिक रोजगारीमा जाने कामदारहरुको छनोट प्रक्रिया लगायतका बारेमा जानकारी लिने आइएलओकी स्वतन्त्रता परियोजनाकी राष्ट्रिय कार्यक्रम संयोजक भारती पोखरेलले जानकारी दिनुभयो । टोलीले बैदेशिक रोजगारमा जानेहरुलाई पूर्व प्रस्थान जानकारीको अवस्था तथा बैदेशिक रोजगारबाट फर्केकाहरुसँग पनि कुराकानी गर्नेछ । नेपाल सरकारको निमन्त्रणमा आउन लागेको संयुक्त राष्ट्रसंघको सो विशेष टोलीले तात्कालिन र दिर्घकालिन रुपमा गर्नुपर्ने सुधारका विषयमा पनि सरकारलाई सुझाव दिने अपेक्षा गरिएको छ । 

टोलीले बैदेशिक रोजगार व्यवसायी, पूर्व प्रस्थान तालिम तथा सीप विकास तालिम दिने संस्थाहरुसँग पनि भेट्ने कार्यक्रम छ । यसैगरी टोलीले सरकारी अधिकारीसँग पनि गन्तव्य मुलुकहरुसँग द्धिपक्षिय श्रम सम्झौता गर्ने विषयमा भइरहेको प्रगतिका बारेमा छलफल गर्ने कार्यक्रम रहेको पोखरेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस् मलेसिया जाँदै गरेकाहरुसँग आकाश संवाद

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: