अवैधानिक रुपमा बसिरहेकाहरुलाई घर फर्किने वा जरिवाना तिरेर वैधानिक हुने अवशर

 

काठमाडौं, माघ ९-

कुवेतमा अवैधानिक रुपमा बसिरहेकाहरुका लागि आम माफी खुलेको छ । गृह मन्त्रालयको काम गर्ने अन्तरिक मन्त्रालय कुवेतले कुवेतमा अवैधानिक रुपमा बसिरहेकाहरुका लागि आम माफीको घोषणा गरेको हो । यस कार्यक्रम अन्तर्गत आगामी जनवरी २९ देखि फेब्रुअरी २२ भित्रमा स्वदेश फर्किन चाहनेहरु फर्किन सक्नेछन् । त्यसरी फर्किएकाहरु पुनः कुवेतमा रोजगारीका लागि जान चाहेमा जान सक्ने स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

कुवेत लोकलका अनुसार त्यसरी अवैधानिक रुपमा बसिरहेकाहरु मध्ये जरिवाना तिरेर कुवेतमा नै रोजगारीलाई निरन्तरता दिने वा जरिवाना नतिरी स्वदेश फर्किने दुईवटा विकल्प दिइएको छ । जरिवाना तिरेर बस्न चाहनेहरुले प्रतिदिन २ केडी जरिवाना तिर्नुपर्ने जनाइएको छ । तर यस बारेमा कुवेतस्थीत नेपाली दूतावासले भनें कुनै जानकारी नभएको र जानकारी प्राप्त भएपछि अवगत गराइने जनाएको छ ।  

यो पनि पढ्नुहोस् मलेसिया जाँदै गरेकाहरुसँग आकाश संवाद

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय