रिंगिटको मूल्य बढ्ने क्रम जारी, कति छ रियाल, दिराम र दिनारको मूल्य ?

  

काठमाडौं, माघ ९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ ८९ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ५ पैसा छ । यो झण्डै दुई बर्षयताको उच्च मूल्य हो । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिटको मूल्य घटेर २३ मा झरेको थियो । पछिल्ला केहि महिनायता रिंगिट उकालो लाग्दैछ ।

यसैगरी कतारी रियालको खरिदर २७ रुपैंयाँ ९८ पैसा र विक्रि दर २८ रुपैंयाँ १४ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ७४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९० पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया १७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ३३ पैसा छ ।

कुवेती दिनारको खरिददर ३३९ रुपैंया २ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ १ पैसा छ । बहराइन दिनारको खरिददर २७० रुपैंयाँ २७ पैसा छ भनें विक्रि दर २७१ रुपैंयाँ ८६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।  

यो पनि पढ्नुहोस् ३० हजार रिंगिटसहित शव गाडिएपछि

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय