
दोहा, माघ ९— कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको अवधिमा वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको छ ।
खाडी तथा मलेसियास्थित नेपाली दूतावासका अनुसार सन् २०१७ मा हृदयाघात, सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले नेपालीको ज्यान गएको हो । मृत्यु हुनेमा ३२ जना महिला छन् । दूतावासहरूका अनुसार यस अवधिमा सबैभन्दा बढी मलेसियामा ३ सय ५४ जनाको मृत्यु भएको छ । साउदी अरबमा २ सय ८३, कतारमा १ सय ६९, संयुक्त अरब इमिरेट्स (यूएई) मा ८४, कुवेतमा ३१, दक्षिण कोरियामा २१, ओमनमा ७, बहराइनमा ६ तथा साइप्रस र सिरियामा एकरएक नेपाली कामदारको मृत्यु भएको छ ।
आत्महत्या र सडक दुर्घटनाबाहेक स्वास्थ्यमैत्री जीवनशैली नहुँदा र नियमित स्वास्थ्य परीक्षण सुविधा नपाउँदा हृदयाघातका कारण ज्यान जानेको संख्या बढी छ । कान्तिपुरबाट
यो पनि पढ्नुहोस् ‘म त बाँचेर फर्किएँ, भो तपाई चाहिं नजानुस् विदेश’