आजाद भिषाको फलः ६ महिना न काम न त तलव

प्रभातकुमार मिश्र, जनकपुर, माघ ७-

धेरैले सुनेको हुन्छन् विदेशमा कुनै कम्पनीमा काम गर्ने सम्झौता गरेर जाँदा सोही कम्पनीको खटनपटन अनुसार काम गर्नुपर्छ उसले गर् भनेको काम गर्नुपर्छ, जा भनेको ठाउँमा जानु पर्छ त्यस्तो बन्धनमा कसरी नफस्ने दलालसँग अनेक उपाय छन् आजाद अर्थात स्वतन्त्र स्वतन्त्र भएर जुनसुकै कम्पनीमा काम गर्न पाइने मन लागेको बेलामा घर फर्किन पनि पाइन्छ भन्ने सुनेपछि नलोभ्भिने कुरै भएन हो, यसैले आजाद भिषाको खेती मौलाइरहेकै यसैको मारमा परेका छन् धनुषाका एक युवा  

धनुषा क्षिरेश्वर नगरपालिका का उमेश यादव त्यहि धेरै कमाउने सपना देख्दा ठूलो ठगिको शिकार भएका छन् मासिक १५ सय रियाल(झण्डै ४२ हजार) तलव हुने काम पाइने प्रलोभनमा लाख ७० हजार लगानी गरेर यादव महिना अगाडी कतार पुगेका थिए धनुषाकै राजकुमार रविदासले कतारमा कार्यरत आफ्ना भाई पञ्चा कुमार रविदासले आकर्षक कमाई हुने रोजगारीमा लगाइदिने भन्दै यादवसँग लाख १० हजार लिएको यादव बताउँछन्

उनकै भर परेर लाख १० हजार बुझाएर तथा हवाई टिकट, श्रम स्वीकृति, स्वास्थ्य परिक्षण लगायतमा थप ६० हजार लगानी गरेर कतार पुगेका यादवले कुनै रोजगारी पाउन सकेनन् महिनासम्म कुनै काम नपाएका उमेश अन्ततः घर फर्किन सहयोग माग्दै दोहास्थीत नेपाली दूतावास कतारको प्रहरीको चक्कर काट्न थाले खान, बस्न समेत समस्या भोगेका उमेश लामो प्रयत्नपछि अन्ततः नेपाल फर्किन सफल भएका छन्    

हुसेन अल गराफा जेनरल कन्ट्राक्टिङ नामको कम्पनीको रोजगार सम्झौतामा कतार पुगेका उनले सो कम्पनी फेला समेत पार्न नसकेको बताउँछन् उनले लिएको श्रम स्वीकृतिमा उनको रोजगारी जिप्सम टेक्निसियनको उल्लेख  

नेपाल फर्केका उनले आफ्नो लागत सहित क्षतिपूर्ति दिलाई पाउँ भन्दै धनुषा स्थीत सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् केन्द्रले उनको क्षतिपूर्तिका लागि प्रकृया अगाडी बढाएको जनाएको  

यो पनि पढ्नुहोस् जो स्वदेशमा नै परिश्रम गरेर मासिक लाख कमाउँछन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: