
दोहा, माघ ७– कतारमा विना पारिश्रमिक एक निर्माण कम्पनीमा काम गर्न बाध्य एक नेपालीलाई जिफन्ट सपोर्ट ग्रुपले नेपाल फर्काएको छ । ९ महिनासम्म कम्पनीले कतारको परिचयपत्र समेत नबनाई काम लगाएको र विगत ३ महिनादेखि न्यूनतम तलव समेत नपाएका झापाका मान बहादुर विकलाई जिफन्टले नेपाल फर्किन सहयोग गरेको हो ।
नेपाली प्रवासी श्रमिक संघ, कतारका कोषाध्यक्ष दिनेश कटुवालका अनुसार विकले आफूलाई तलव समेत दिन छोडेपछि र कतार बस्न आवश्यक कानूनी प्रकृया समेत पुरा नगरिदिएका कारण घर फर्किन्छु भन्दा समेत कम्पनीले अटेर गरेको थियो । खान बस्न समेत समस्यामा परेका विकले आफूलाई नेपाल फर्काइदिन गत जनवरी २ तारिखमा निवेदन दिएको सचिव कटुवालको भनाई छ । विकको निवेदन प्राप्त भएपछि दूतावाससँग सहकार्य गरी उहाँलाई नेपाल फर्काइएको हो ।
यो पनि पढ्नुहोस् जो स्वदेशमा नै परिश्रम गरेर मासिक २ लाख कमाउँछन्