कामदारको तलवबाट लेभी नकाट्ने निर्णय कार्यान्वयन हुन्छ भन्ने आशा छः सोलोमन

 

क्वालालम्पुर, माघ ६–

मलेसियन टेड युनियन कँग्रेसका महासचिव जे सोलोमनले मलेसिया सरकारले यसअघि घोषणा गरेको कामदारबाट लेभी नकाट्ने घोषणा कार्यान्वयन हुने  अपेक्षा प्रकट गरेका छन् । मेनपावर कम्पनीहरुले दिने सेवाकोे मापन गर्ने उद्धेश्यले आइएलओ तथा आईटीयूसीले बनाउँदै गरेको वेभसाईटको साामग्रीको छलफलका क्रममा उनले यस्तो अपेक्षा प्रकट गरे ।

उनले कामदारको पारिश्रमिकबाट लेभी काट्न नहुने पक्षमा आफूहरुले विगत लामो समयदेखि आवाज उठाइरहेको भन्दै सरकारले गरेको घोषणा उचित भएको बताए । मलेसिया सरकारले यसअघि गरेको कतिपय घोषणा कार्यान्वयन नभएको वा अन्तिम समयमा फिर्ता गरिने गरेको तर्फ संकेत गर्दै सोलोमनले यसपटकको निर्र्णयमा सरकार कायम रहने विश्वास प्रकट गरे ।

मलेसिया सरकारले जनवरी, २०१८ देखि कामदारको तलवबाट लेभी काट्न नपाइने र त्यस्तो लेभी रोेजगारदाताले तिर्नुपर्ने घोषणा गरिसकेको छ । तर सरकारको सो निर्णय कार्यान्वयन हुने विषयमा अझै पनि आशंका कायमैै छ । कतिपयले अन्तिम समयमा आएर सरकार पूर्व निर्णयबाट पछि हट्ने आशंका गरेका छन् भनें कतिपयले सरकारले घोषणा गरेको सो निर्णय रोजगारदाताहरुले पालना नगर्ने आँकलन गरेका छन् । तर मलेसिया सरकारले भनें सो घोषणा कार्यान्वयन नगर्ने कम्पनीहरुलाई कडा कारवाही गरिने बताएका छ । 

कुनै रोजगारदाताले सरकारको सो निर्णय उल्लंघन गर्दै कामदारसँग लेभी काटेमा उजुरी दिन एमटीयूसीले जानकारी गराएको छ । यससम्वन्धि विस्तृत जानकारीका लागि यहाँ क्लीक गर्नुहोस् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: