थानेश्वरको उद्धारका लागि सरकारलाई रकम हस्तान्तरण

काठमाडौं, माघ ५-

साउदी अरवमा जेलमा रहेका थानेश्वर भुषालको रिहाईका लागि संकलन गरिएको रकम नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । राजधानी काठमाडौंमा सो रकम प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) तथा गैर आवासिय नेपाली संघ(एनआरएनए) ले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

साउदी नागरिक सहितको ज्यान जाने गरी भएको गाडी दुर्घटनामा आधा दोषि ठहर्याइएका थानेश्वरकोरिहाईका लागि आवश्यक झण्डै ४२ लाख रकम संकलन गर्ने अभियान प्रवासी नेपाली समन्वय समितिले झण्डै ५ महिना अघि सुरु गरेको थियो । सो अभियानमा देशपरदेशले सहयोग गरेको थियो ।अभियानका क्रममा संकलन गरिएको २५ लाख ४८ हजार रकम थानेश्वरकी आमा यामकला भुषाल तथा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की लगायतले परराष्ट सचिव शंकरदाश बैरागीलाई हस्तान्तरण गरे ।

यसैगरी एनआरएनएका तर्फबाट गरिएको १५ लाख ५० हजारको चेक एनआरएनएका अध्यक्ष भवन भट्ट, सचिव डीवि क्षेत्री, प्रवक्ता भुषण घिमिरे लगायतले हस्तान्तरण गरेका थिए । अभियानमा साउदी अरवमा कार्यरत नेपालीले ठूलो सहयोग गरेका हुन् ।

यो पनि पढ्नुहोस मलेसियामा लेभी नकाट्ने, होष्टल चार्ज बढाउने दाउमा कम्पनीहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: