मलेसियामा लेभी नकाट्ने, होष्टल चार्ज बढाउने दाउमा कम्पनीहरु

 

 

मलेसिया, माघ ४- 

मलेसियामा जनवरी महिनाको तलव दिंदा कामदारको तलवबाट लेभी काट्न नपाउने व्यवस्थाको घोषणा सरकारले गरेपछि कम्पनीहरुले कामदारबाट होष्टल शुल्क बढाएर रकम असुल्न खोजेको  कामदारहरुले बताएका छन् । मलेसियका केहि कम्पनीमा कार्यरत नेपाली कामदारसँग देशपरदेशले गरेको कुराकानीमा उनीहरुले आफूहरुले अव अर्को महिनादेखि होष्टल शुल्क बृद्धि हुने जानकारी पाएको  बताए ।

क्वालालम्पुरको गुडईयर कम्पनीमा कार्यरत गणेश अधिकारीले आफूहरुको कम्पनीले यस बारेमा कुनै जानकारी नदिइएको भएपनि अन्य केहि कम्पनीले भनें कामदारलाई होष्टल शुल्क बढ्ने बताइसकेका छन् । यसैगरी क्वालालम्पुरकै अर्को एक कम्पनीमा काम गर्ने दावा शेर्पाले आफूहरुले हाल होष्टल वापत मासिक ५० रिंगिट रकम तिरिरहेको र आगामी महिनादेखि त्यो १ सय रिंगिट भन्दा माथि हुने जानकारी पाएको बताए ।   

मलेसिया सरकारले जनवरी २०१८ देखि लेभी कामदारबाट काट्न नपाउने घोषणा गरेपनि हालसम्म धेरैजसो कामदारले आफ्नो कम्पनीले लेभी काट्ने वा नकाट्ने भन्ने बारेमा कुनै जानकारी नपाएको गुनासो गर्दै आएका छन् ।  

आप्रवासी कामदारको अधिकारका लागि कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिहरुले भनें पुनः मलेसिया सरकार अन्तिम घडीमा लेभी कामदारबाट नकाट्ने निर्णयबाट पछि हट्न सक्ने आशंका गरेका छन् ।   

यदि कुनै कामदारको लेभी काटिएमा वा कुनै थप शुल्क काटिएमा त्यसका लागि निःशुल्क वकिलको व्यवस्था गरेर कामदारका लागि लड्ने मलेसियन ट्रेड यूनियन कँग्रेस(एमटीयूसी) ले जनाएको छ । तपाईलाई यस बारेमा कुनै जानकारी चाहिएमा ०१४ ७३२२ ६६५ मा फोन गर्न सक्नुहुन्छ ।  

यो पनि पढ्नुहोस् मलेसियामा कम्पनीले लेभी काटेमा सहयोग लिन कहाँ जाने

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय