मलेसियामा कम्पनीले लेभी काटेमा सहयोग लिन कहाँ जाने ?

सुनिल न्यौपाने, मलेसिया, माघ २-

मलेसिया सरकारले जनवरी २०१८ देखि कामदारबाट लेभी काट्न नपाउने घोषणा गरेको छ । सो घोषणा कार्यान्वयन हुन्छ की  हुन्न, अहिले मलेसियामा कार्यरत नेपालीको चासोमा छ । केहि कम्पनीले आफ्नो कम्पनीमा कार्यरत कामदारलाई फेब्रुअरी देखि लेभी नकाट्ने जानकारी गराईसकेको छन् । तर अधिकाँश कम्पनीहरुले आफ्नो कम्पनीमा कार्यरत कामदारलाई यसबारेमा कुनै जानकारी दिएको छैन ।

यदि कुनै कम्पनीले कामदारको तलवबाट लेभी काटेमा के गर्ने ? यसको पनि उपाय छ । यदि तपाई कार्यरत कम्पनीमा फेब्रुअरीदेखि लेभी काटेमा स्थानीय ट्रेड यूनियन, मलेसियन ट्रेड यूनियन काँग्रेस(एमटीयूसी) मा सम्पर्क गर्नुहोला । मलेसियामा कामदारसँग सम्वन्धित समस्या हल गर्ने महत्वपूर्ण निकाय ट्रेड यूनियन नै हो ।   

लेभी काटिएमा के गर्ने त ? तपाईले एमटीयूसीको हटलाईन नम्वर ०६०१४३५३१२३१ मा फोन गर्नसक्नुहुन्छ । यसैगरी ०१४ ७३२२ ६६५ मा पनि फोन गर्न सक्नुहुन्छ । त्यहाँबाट बाँकी प्रकृयामा सहयोग मिल्नेछ । स्थानीय श्रम अदालतमा मुद्धा हालेर एमटीयूसीले रोजगारदाताबाट काटिएको रकम फिर्ता गराईदिन सक्छ ।

यसैगरी प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) का मलेसिया प्रतिनिधि रामचन्द्र नेपाललाई ०१६६०४५६८० मा पनि खवर गरेर सहयोगको आग्रह गर्न सकिन्छ । के तपाईको कम्पनीले लेभी काट्ने नकाट्ने बारेमा कुनै जानकारी दिएको छ ? लेख्नुहोस्

यो पनि पढ्नुहोस् लेभि काटिने वा नकाटिनेः अन्यौलमा नै छन् मलेसियामा कार्यरत नेपाली 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: