लेभि काटिने वा नकाटिनेः अन्यौलमा नै छन् मलेसियामा कार्यरत नेपाली

काठमाडौं, माघ १-

मलेसिया सरकारले यहि जनवरी देखि मलेसियामा कार्यर आप्रवासी कामदारबाट लेभी नकाट्ने भन्दै गरेको घोषणा कार्यान्वयन हुने नहुनेमा त्यहाँ कार्यरत नेपाली नै अन्यौलमा परेका छन् । यसअघि पनि मलेसिया सरकारले गरेका कतिपय घोषणा व्यवहारमा नआएका कारण अधिकाँश नेपालीले फेब्रुअरीमा तलव बुझ्दा मात्र यो विषयमा पत्याउन सकिने धारणा राखेका छन् ।

मलेसिया सरकारले गरेको घोषणाका बारेमा आफू कार्यरत कम्पनीले जानकारी दिए नदिएको विषयमा जानकारी दिन देशपरदेशले गरेको आग्रहमा मलेसियामा कार्यरत नेपालीले अझै पनि यो विषयमा अन्यौल नै रहेको बताएका हुन् ।

हरिबहादुर आरसीका अनुसार डिसेम्वरसम्म उनी कार्यरत कम्पनीले लेभी काटिरहेको थियो र आगामी महिना के हुन्छ  भनेर कुनै जानकारी दिएको छैन । यसैगरी अशोक विकको पनि भनाई यस्तै छ । ईन्द्र खतिवडा पनि यसबारेमा कम्पनी केहि नबोलेको बताउँछन् ।

गंगा दयाल कम्पनीले लेभी काट्ने नै बताएको जानकारी दिन्छन् । विन्दु कुमार बैठा भनें अहिलेसम्म यसबारेमा कम्पनीले कुनै जानकारी नदिएको बताउँछन् । प्रकाश लिम्वू आफ्नो कम्पनीले १ सय ८० रिंगिट लेभी काटिरहेको भन्दै यो मख्य आयश्रोत भएका कारण सरकारले कडाईका साथ लागु नगरेसम्म लेभी  काटिन नरोकिने बताउँछन् ।

राजु कँडेलका अनुसार उनी कार्यरत कम्पनीले् यसअघि लेभी काट्दै आएकोमा यस महिनादेखि नकाट्ने जानकारी गराएको छ । अनुप प्रिन्सका अनुसार कम्पनीले लेभी मात्र नभई बीमा, पानी, विजुलीको पैसा, होष्टल लगायतमा रकम काटिरहन्छ । उनी मलेसियाको नियम कानूनको कुनै ठेगान नभएको बताउँछन् ।

दिपक विवस आँशुले आफू मलाक्का राज्यमा रहेको र त्यहाँका अधिकाँश कम्पनीहरुले लेभी काटिरहेको भन्दै जनवरी देखि पनि लेभी काटिने वा नकाटिने बारेमा आफूहरुलाई कुनै जानकारी नदिइएको बताएका छन् ।

युवराज पौडेल लेख्छन्ः मलेसिया सरकारको नियम भन्दा पनि कम्पनी अनुसारका आफ्नै आफ्नै नियम बनाएका छन् । केही कम्पनी ले पहिले देखि नै लेभी काटेका छैनन भने अधिकाश कम्पनीले मलेसिया सरकारले तोके भन्दा बढी आफ्नो मनोमानी लेभी उठाउने गरेका छ्न । २०१८ जनवारीबाट मलेसिया सरकारले श्रमिकबाट लेभी न लिने र रोजगारदाता कम्पनीले नै दिनु पर्ने भनेर घोषणा गरेता पनि आधा महिना बितिसक्दा कम्पनीले कुनै जानकारी गराएका छैनन। अब लेभी काटने कि न काट्ने भनी श्रमिकले थाहा पाउनको लागि जनवरीको तलव नै कुर्नु पर्ने भएको छ।

बालकुमार ढकालका अनुसार  विगत दुई बर्षयता उनी कार्यरत कम्पनीले लेभी तिरिदिंदै आएको छ, कामदारलाई लेभीको दायित्व बोकाएको छैन । प्रेम चाम्लिंगले भनें आफू एक पाउरोटी बनाउने कम्पनीमा कार्यरत रहेको, हालसम्म लेभी काटिरहेको र अव के हुन्छ भन्ने कुनै जानकारी नदिएको बताएका छन् ।

के तपाई मलेसियामा कार्यरत हुनुहुन्छ ? तपाईको कम्पनीले भनें यसका बारेमा कुनै जानकारी दिएको छ वा छैन ? लेख्नुहोस्  

यो पनि पढ्नुहोस् मलेसियामा जनवरीदेखि कामदारले लेभी तिर्न नपर्ने  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: