कतारमा पत्रकारहरुलाई छोडियो

काठमाडौं, पुष २९

कतारमा त्यहाँको सीआइडीले सोधपुछका लागि भन्दै समातेका पत्रकारहरुलाई छोडिएको छ । नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनमा सहभागि हुन पुगेका महासंघका अध्यक्ष गोविन्द आचार्य लगायतका पत्रकारहरु सोधपुछ पश्चात छोडिएका हुन् ।

कार्यक्रमस्थलबाटै समातेर लगिएका उनीहरु मध्ये महासंघका महासचिव रमेश विष्ट र प्रेश काउन्सीलका सदस्य खीलबहादुर भण्डारीले फेसबुक मार्फत आफूहरुलाई “सामान्य सोधपुछका लागि लगिएको र प्रचार गरिएजस्तो नभएको” जनाएका छन् ।

कार्यक्रमस्थलबाट करिव ३ बजे महासंघ अध्यक्ष आचार्य, महासचिव रमेश विष्ट, काउन्सील सदस्य भण्डारी र महासंघ, कतार शाखा अध्यक्ष गणेश बञ्जाडेलाई सोधपुछका लागि भन्दै सीआइडीले समातेको थियो । उनीहरुको रिहाईका लागि कतारस्थीत नेपाली दूतावासले पहल गरेको थियो । 

यो पनि पढ्नुहोस कम्पनीले न काम दिन्छ, न तलव, न त घर फर्किन नै दिन्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: