
काठमाडौं, पुष २८-
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायत ४ जना पत्रकारलाई कतारमा त्यहाँको सीआइडीले सोधपुछका लागि भन्दै समातेको छ । नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा प्रमुख अतिथि तथा अतिथिका रुपमा सहभागि हुन गएका अध्यक्ष आचार्य लगायतलाई त्यहाँको सीआइडीले समातेको हो ।
समातिनेमा नेपालबाट गएका महासंघका अध्यक्ष आचार्य, प्रेस काउन्सीलका सदस्य एवं महासंघका पूर्व उपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव रमेश विष्ट छन् । यसैगरी महासंघ, कतार शाखाका अध्यक्ष गणेश बञ्जाडेलाई पनि सीआइडीले समातेको छ ।
दिउँसो १ बजे सुरु भएको अधिवेशन चलिरहेको वखत कार्यक्रमस्थलबाट नै उनीहरुलाई करिव ३ बजेतिर पक्राउ गरिएको हो । उनीहरुको रिहाईका लागि कतारस्थीत नेपाली दूतावासले पहल गरिरहेको जनाइएको छ ।
यो पनि पढ्नुहोस् कम्पनीले न काम दिन्छ, न तलव, न त घर फर्किन नै दिन्छ